२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

नि:शुल्क सेनिटरी प्याड वितरण

२०७८ मंसिर २०, सोमबार प्रकाशित ( साल अघि) ४९७ पाठक संख्या

 

सुनवल,२० मंसिर । पश्चिम नवलपरासीको सुनवलमा नि:शुल्क सेनिटरी प्याड वितरण गरिएको छ । द लर्ड बुद्ध युवा क्लव सुनवल -५ बनकट्टिले अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा नि:शुल्क सेनिटरी प्याड वितरण गरेको हो ।
सुनवल चौराहामा एक कार्यक्रमका बीच सर्वसाधरण महिला, विद्यालयका छात्रा लगायत ३०६ जनालाई नि:शुल्क सेनिटरी प्याड वितरण गरिएको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष प्रेम बहादुर गुरुगंको अध्यक्षता, सुनवल नगरपालिका वडा नं ५ का वडाध्यक्ष थमन सिंह नेपालीको प्रमुख आतिथ्य तथा वडा नं ४ का वडाध्यक्ष विरबहादुर गुरुगंको विशेष आतिथ्य रहेको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपालीले महिनावारीलाई छाउपडि प्रथाको संज्ञा दिदै छाउपडि प्रथा हटाएर महिनावारीलई मर्यादित बनाउनुपर्ने बताउनुभयो ।
महिनावारी प्राकृतिक नियम भएकाले यसलाई सहज रुपमा लिन र कसैले पनि भेदभाव नर्गन अनुरोध गर्दै उहाले क्लवले गरेका विभिन्न कामलाई सह्रानिय गर्दै वडाबाट आवश्यक थप सहयोग गर्न आफु तयार रहेको समेत वडाध्यक्ष नेपालीले बताउनुभयो ।
त्यस्तै मंगलवार भुमही चोक र बुधवार बनकट्टिमा पनि नि:शुल्क सेनिटरी प्याड वितरण गरिने कार्यक्रम रहेको क्लवका सदस्य एवम् समन्वयकर्ता समिर परियारले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस