२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दनमा पन्ध्र शैय्याको अस्पताल सञ्चालनमा आउँदै

२०७८ कार्तिक २४, बुधबार प्रकाशित ( साल अघि) ९२० पाठक संख्या

मोहन पौडेल
परासी, २४ कात्तिक – ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पन्ध्र शैय्याको अस्पताल सञ्चालनको तयारी थालेको छ ।
पाल्हीनन्दन–४ स्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी अस्पताल सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रमा अवस्थित यस गाउँपालिकामा सुविधासम्पन्न अस्पताल छैन् । यहाँका बिरामी सदरमुकाम परासी, बुटवल, भैरहवा तथा भारतीय अस्पतालमा जानुपर्ने बाध्यता छ ।
अस्पतालको लागि भौतिक पूर्वाधार तयार भईसकेको छ भने यन्त्र उपकरण र जनशक्तिको व्यवस्थापन भईरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले जानकारी दिनुभयो । “करिब साढे छ करोड रुपैँयाको लागतमा अस्पताल भवन निर्माण भएको छ, जनशक्ति र उपकरण व्यवस्थापन गरी अब पाल्हीनन्दन अस्पतालको रुपमा सञ्चालनमा ल्याउँछौँ”, उहाँेले भन्न्ुभयो ।
नवनिर्मित भवनबाट हाल पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको सेवा शुभारम्भ गरिएको छ भने आवश्यक प्रक्रिया पूरा गरेर अस्पतालमा परिणत गरिने गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो । तत्कालका लागि सोही स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिने उहाँले बताउनुभयो ।
पन्ध्र शैय्या अस्पतालको लागि गाउँपालिका स्तरबाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा भएको र सङ्घीय सरकारबाट अनुमति पाएपछि अस्पताल सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारुी दिनुभयो ।
“सरकारले तोकेका मापदण्ड अनुसार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी भर्ना गर्ने, औषधी खरिद, प्रयोगशाला, सामान्य शल्यक्रियाको लागि आवश्यक यन्त्र उपकरणको खरिद लगायतका कार्य भईरहेको छ”, उहाँले भन्नुभयो । यस क्षेत्रमा अस्पताल सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिकलाई उपचारमा सहज हुने स्थानीयवासीले विश्वास लिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस