२०८२ बैशाख ७, आईतबार
24 खबर अपडेट

सु्स्तामा राष्ट्रिय युवा संघको बृहत भेला,गठबन्धन सरकारले देशको हितमा काम गर्न सक्दैन : अधिकारी

२०७८ आश्विन १८, सोमबार प्रकाशित ( साल अघि) ७६९ पाठक संख्या

सुस्ता,१८ असोज । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको गाउँपालिका स्तरीय बृहत भेला सम्पन्न भएको छ । सुस्ता-३ मा भएको भेलाले सुस्ताका ५ वटै वडामा राष्ट्रिय युवा संघको वडा कमिटी गठन गरेको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश संयोजक तुल बहादुर अधिकारीले आगामी चुनावमा एमाले नै पहिलो पार्टी हुने र मुलुकको नेतृत्व गरेर देश विकास गर्ने बताउनुभयो । परमादेशबाग बनेको वर्तमान देउवा सरकार र गठबन्धन स्वार्थको लागि बनेकाले यो सरकारले देश र जनताको हितमा कामै गर्न नसक्ने ठोकुवा गर्नुभयो । तीन महिना सम्म मन्त्रपरिषद विस्तार गर्न नसक्नु र प्रधानन्यायाधीशलाई पनि मन्त्रीको भागबन्डा गर्नुले यो सरकारको ओैचित्य छर्लङ्ग भएको उहाँले बताउनुभयो ।
सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले एमालेको नेतृत्व आएपछि सुस्ताको विकासले फड्को मारेको बताउनुभयो । राष्ट्रिय युवा संघ सुस्ता पालिका कमिटी अध्यक्ष कमल अमात्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष युवराज डुम्रे, एमाले सुस्ता पालिका अध्यक्ष ज्ञानप्रसाद पाठक(सन्तोष ), युवा संघ केन्द्रीय सचिवालय सदस्य ईश्वर उपाध्याय,एमाले नेताहरु धन बहादुर गुरुङ,कृष्णलाल मुखिया लगायत ले शुभकामना व्यक्त गर्नुभएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस