२०८२ कार्तिक ६, बुधबार
24 खबर अपडेट

सांसद कण्डेलको सहयोगमा रामग्राम-१ का १७५ बाढीपीडितलाई राहत वितरण

२०७८ आश्विन १६, शनिबार प्रकाशित ( साल अघि) ९५४ पाठक संख्या

परासी, १६ असोज । प्रतिनिधिसभा सदस्य एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको सहयोगमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१ का बाढीपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि उक्त वडाका १७५ जना बाढीपीडितलाई रु दुई लाख बराबरको खाद्यान्न तथा जिन्सी राहत सामग्री वितरण गरिएको हो ।
राहत वितरण गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका नेता कण्डेलले बाढीबाट प्रभावित नागरिकको दु:खमा आफ्नो सधैं साथ र सहयोग रहेको बताउनुभयो । उहाँले बाढीबाट प्रभावितलाई राहत बाँड्ने मात्रै नभई बाढी नै नआउने वातावरण बनाउन केन्द्रीय स्तरबाटै पहल गर्ने बताउनुभयो ।
नेपाली कांग्रेस वडा सभापति चुरामणि चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेस नगर सभापति श्रीधर बस्याल, उपमेयर रम्भा कुँवर,नेताहरु मोहन शर््मा,  राधेश्याम पाठक,गजान्नद पटेल, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष सन्दिप अग्रहरी लगायतको सहभागिता रहेको कांग्रेस वडा सचिव अनिल कुमार उपाध्यायले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस