२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

परासीमा समुदायमा आधारित मनोसामाजिक सहयोग तालीम

२०७८ श्रावण २६, मंगलबार प्रकाशित ( साल अघि) १०२१ पाठक संख्या

मालती न्यौपाने
परासी, २६ साउन । समुदाय तहका सरोकारवालाहरुलाई समुदायमामा आधारित मनोसामाजिक सहयोग सम्बन्धि तीन दिने तालिम परासीमा सुरु भएकोे छ । सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुको आयोजना तथा युनिसेफको सहयोगमा कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तरगत उक्त तालीम सञ्चालन गरिएको हो ।
सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुका अध्यक्ष तेजप्रसाद आचार्यले कोभिड १९का कारण समुदायमा हिंसा र मनोसामाजिक समस्या बढ्दै गएकोले समुदायका सरोकारवालालाई मनोसामाजिक समस्याका बारेमा सुक्ष्म ज्ञान हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले सोही कुरालाई मध्य नजर गर्दै पश्चिम नवलपरासीमा पनि तालिमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक रम्भा कुँवरले मनोपरामर्शले जीवनमा सकारात्मक परिवर्तन ल्याउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । आफुलाई न्यायीक समितिमा काम गर्दा मनोसामाजिक समस्या भएकाहरुलाई परामर्श दिन सहज हुने बताउनुभयो ।
सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले लुम्बिनी प्रदेशका सबै जिल्लामा कोभिडकै कारण मनोसामाजिक समस्या बढ्दै गएकोले संस्थाले सबै जिल्लामा मनोसामाजिक सहयोग गरिरहेको बताउनु भयो ।
तालिममा संस्थाका मनोबिमर्शकता शान्ति पण्डितले मन, समाज भनेको के हो, यसबाट उत्पन्न हुने समस्याले समाजमा कस्तो असर पुग्दछ, मनोसामाजिक समस्या कसरी पत्ता लगाउने ,मनोसामाजिक समस्याका कारण लक्षण र यस्को असरहरु मनोसामाजिक समस्याका ४ पक्ष शरिर,मन, व्यवहार र सम्बन्ध सम्बन्धि सहजीकरण गर्नु भएको थियो
तालिममा व्यक्तिमा देखिने मानसिक समस्याहरु, मनोसामाजिक समस्यामा कसरी समुदाय तहबाट सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिने संस्थाका मनोसामाजिक कार्यकर्ता यमकुमारी सुबेदीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस