२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

अन्नपुर्ण मोडल कलेजमा अबदेखि मास कम्युनिकेशन विषय पढाइ हुने

२०७८ श्रावण २०, बुधबार प्रकाशित ( साल अघि) ३१५४ पाठक संख्या

वुटवल,२० साउन । अन्नपुर्ण मोडल कलेज वुटवलमा यस बर्षदेखि मास कम्युनिकेशन विषय पढाइ हुने भएको छ ।
एसईई पछि विद्यार्थीहरको रुचिलाई मध्यनजर गर्दै यस बर्ष देखि कक्षा ११ मा मास कम्युनिकेशन विषय अध्यापन गराउन लागिएको क्याम्पस प्रमुख अनिल शर्माले जानकारी दिनुभयो ।
साथै विद्यार्थी र अभिभावकहरुको समेत रुचिलाई मध्यनजर गर्दै प्रत्येक शैक्षिक बर्षमा सोहि अनुसारका विषयहरु लाई थप गरिएको क्याम्पस प्रमुख शर्माको भनाई छ ।

त्यस्तै कलेजको भौतिक एंव शैक्षिक गुणस्तरमा कुनै सम्झैता नगरि बर्तमान आवश्यकता तथा भविष्यलाई समेत दृष्टिगत गरि व्यवस्थापन समिति लागी परेको क्याम्पसका अध्यक्ष डा. धर्मराज भट्टराईको भनाई छ ।

नर्सरी देखि स्नातकोत्तरसम्मको पढाइ हुने कलेजमा कक्षा ११ र १२ मा विज्ञान, व्यावस्थापन, मानविकी, शिक्षा , कानुनसंग सम्वन्धित विषयहरु संचालनमा रहेका छन् ।
त्यस्तै स्नातक तहमा ग्रामिण विकास , समाजशास्त्र र अंग्रेजी विषयहरु रहेको छ भने स्नातकोत्तर तहमा ग्रमिण विकास रहेको कलेजले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%६%३%१%२%

प्रतिक्रिया दिनुहोस