२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालको सुविधासम्पन्न भवन निर्माण शुरु, मन्त्री चौधरीद्धारा शिलान्यास

२०७८ श्रावण १४, बिहिबार प्रकाशित ( साल अघि) १००४ पाठक संख्या

मोहन पौडेल
परासी, १४ साउन । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)स्थित पृथ्वीचन्द्र अस्पताल परासीको सुविधासम्पन्न नयाँ मुख्य भवन निर्माण कार्य शुरु भएको छ । पूर्वाधार अभावका कारण सेवा प्रवाहमा असहजता हुँदै आएको यस अस्पतालका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि अस्पतालको मुख्य भवन निर्माण हुन लागेको हो ।
नयाँ भवनको बुधबार साँझ प्रदेशका आर्थिक मामिला एवं योजना मन्त्री बैजनाथ चौधरीले शीलान्यास गर्नुभयो । स्वास्थ्य सेवालाई थप सृदृढ र प्रभावकारी बनाउन पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
नयाँ भवन निर्माणपछि यस अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवामा सहजताको अनुभूति हुने उल्लेख गदैै मन्त्री चौधरीले अस्पतालहरुमा पूर्वाधार अभावको समस्यालाई मध्य नजर गर्दे प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर व्यवस्थित भवन बनाउन बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
नयाँ भवनसँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उहाँले चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । परासीको बुद्धचोकमै भएकोले अस्पतालको यो भवनले परासीकै मुहार फेरिने पनि उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय रुपन्देहीले अस्पताल भवनका लागि रु बीस करोड ७८ लाख १६ हजार बजेट विनियोजन गरेकोमा निर्र्माण कम्पनीले रु १३ करोड ६६ लाख ८८ हजारमा निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन कार्यालयका प्रमुख गोविन्द गौतमले जानकारी दिनुभयो ।
पचास शैयाको तीन तले भवन, पार्किङ् स्थल, पर्खाल तथा हरियाली बँगैचा निर्माण हुने सिनियर डिभिजन ईन्जिनियर गौतमले बताउनुभयो । दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उक्त तीन तले अस्पताल भवन निर्माणको जिम्मा श्याम सुन्दर÷एनबी जेबी काठमाडौँले पाएको छ ।
तोकिएको समय भन्दा अगावै भवन निर्माण गरी हस्तान्तरण गर्ने कम्पनीका प्रतिनिधि सुजन केसीले प्रतिबद्धता जनाउनुभयो । नयाँ बन्ने भवनबाट ओपीडी सेवा, आकस्मिक सेवा, प्याथोलोजी ल्याब सेवा, फार्मेसी, अवर्जवेशन उपचार सेवा, ब्लड बैङ्क, एक्सरे सेवा, कुरुवा कक्ष, रिकभरी हल, अप्रेटिङ थ्रेटर, बीस पिएुसजी बेड लिफ्ट, खोप केन्द्र, ईसीजी र यूएसजी सेवा, फिजियो थेरापि सेवा, प्रसुति सेवा, जनलर वाड, विशेषज्ञ वाड, डाक्टर तथा नर्स कक्ष, सर्जिकल वाड, आईसोलेशन, डेण्टल क्लिनिक, प्रशासन, सभाहल लगायतका सेवा प्रवाह हुने अस्पतालका निमित्त मेसु डा.मोहम्मद नुरुल होदाले जानकारी दिनुभयाो । हाल भवन अभावका कारण यी सवै सेवाहरु प्रवाहमा कठिनाई रहेको उहाँले बताउनुभयो ।
नयाँ भवन निर्माणका लागि समय लाग्ने भएकोले तत्कालमा सेवा प्रवाहलाई व्यवस्थित गर्न अस्पतालको पूरानो भवनको पहिलो तला माथि ट्रस भवन निर्माण थालिएको छ । डेण्टल सेवा, साईकोलोजिकल कन्सटिङ्ग सेवा, मनोचिकित्सक सेवा, बैठक कक्ष तथा कर्मचारी आवासका लागि प्रदेश सरकारकै लागतमा ट्रस भवन निर्माण थालिएको अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले बताउनुभयो ।
शहरी विकास तथा भवन कार्यालयले बिनियोजन गरेको रु एक करोड ९७ लाख ३० हजार मध्ये निर्माण कम्पनी अस्लिन कन्स्ट्रक्सन प्रालि भक्तपुरले रु एक करोड २६ लाख ८० हजारमा निर्माणको जिम्मा लिएको छ । नौ महीना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।
१०० वर्ष अघि स्थापना भएको यस क्षेत्रकै पूरानो अस्पताल भएपनि पृथ्वीचन्द्र अस्पतालमा पर्याप्त पूर्वाधार छैन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%३%

प्रतिक्रिया दिनुहोस