२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोपको प्राथमिकतामा राख्न माग

२०७८ श्रावण ४, सोमबार प्रकाशित ( साल अघि) १२५१ पाठक संख्या

मोहन पौडेल
परासी, ४ साउन । वैदेशीक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोपको प्राथमिकतामा राख्न आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीले माग गरेको छ । आज मञ्चले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाउँदै विदेश जाने श्रमिकलाई सम्बन्धित देशले मान्यता दिएको खोप लगाउने व्यवस्था गर्न माग गरेको हो ।
नेपाली श्रमको मुख्य श्रमिक गनतव्य खाडीमुलक कतार, कुवेत, साउदी अरब लगायत देशहरुले कोभिड १९ विरुद्धको भेरोसेल खोपलाई मान्यता नदिएको अवस्थामा नेपाल सरकारले खोप अनिर्वाय गरिएका देशमा जाने कामदारलाई भेरोसेल लगाउने निर्णय गरेकोले हजारौँ नेपाली आप्रवासी कामदारले रोजगारी गुमाउने पर्ने अवस्था आएको मञ्चका अध्यक्ष बलबहादुर थापाले बताउनुभयो ।
ती देशहरुले मोडेर्ना, अष्ट्राजेने, फाईजर र जोन्सन एण्ड जोन्सन खोपलाई मात्र मान्यता दिएकोले वैदेशीक रोजगारीमा जाने श्रमिकलाई नेपालमा हाल उपलब्ध जोन्सन एण्ड जोन्सनको डोज लगाउने व्यवस्था मिलाउन माग गरिएको उहाँले बताउनुभयो । भेरोसेलको दुई मात्रा लगाउनुपर्ने र त्यसका लागि महिनौँ दिन कुनुपर्ने भएकोले विदेश जाने श्रमिकलाई समस्या परेको पनि उहाँले बताउनुभयो ।
मञ्चले वैदेशीक रोजगारीको क्रममा विदेशमा रहेका नेपाली श्रमिकले त्यहाँ भोग्नुपरेका समस्याको कुटनीतिक पहलको माध्यमबाट समाधान गर्न पनि आग्रह गरेको छ । गनतव्य देशहरुमा एकतर्फी रुपमा नेपाली कामदारलाई करार भंग गर्ने, बेतलबी विदामा बस्न बाध्य पार्ने, कामबाट निस्कासन गर्ने, पूरा तलब सुविधा भुक्तानी नदिने, जबरजस्ती श्रममा लगाउने जस्ता काम भईरहेको गुनासो आएको मञ्चका जिल्ला सचिव रामु भुसालले बताउनुभयो ।
वैदेशिक रोजागारीको क्रममा आईपरेका समस्या, स्वदेश फिर्ता तथा पुनःएकिकरण गराई श्रमिकको अधिकार संरक्षणका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराईएको भुसालले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मागको सुनुवाईका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र पठाउने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस