२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

भेरोसेल आजबाट लगाइँदै

२०७८ अषाढ २९, मंगलबार प्रकाशित ( साल अघि) १०३० पाठक संख्या

काठमाडौँ, असार २९ । कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा खोप मङ्गलबारबाट लगाउन सुरु गरिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पहिलो चरणमा ५५ वर्षमाथिका सबै व्यक्तिलाई भेरोसेल खोप दिने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा. झलक शर्मा
गौतमले भेरोसेल खोप बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा लगाइने जानकारी पनि दिनुुभयो ।
उहाँले पहिलो चरणमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई पनि यसैपटक भेरोसेल खोप दिने बताउनुुभयो । उहाँले मन्त्रालयले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि खोप दिने निर्णय गरेको जानकारी दिनुुभयो ।
डा. गौतमले कोभ्याक्स सुविधाअन्तर्गत आएको जोन्सन एन्ड जोन्सनको जानसेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिका लागि लगाउने निर्णय भएको बताउनुुभयो । उहाँले सो खोप अर्को हप्ताबाट मात्र सुरु गरिने जानकारी दिनुुभयो । जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलाई लगाइने छ । जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा लगाए पुुग्छ ।गोरखापत्र

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस