२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य सेवा प्रभावकारी बन्दै

२०७८ अषाढ २४, बिहिबार प्रकाशित ( साल अघि) ७४४ पाठक संख्या

दैनिक 24 खबर संवाददाता

नवलपरासी,२४ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा एकीकृत ग्रामीण स्वास्थ्य कार्यक्रम सञ्चालन भए पछि स्वास्थ्य सेवा प्रभावकारी भएको देखिएको छ ।
परिवार नियोजनसँग सम्बन्धित इम्प्लान्ट, पाठेघर खस्ने समस्याको पहिचान तथा प्रेषण, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य सेवा सम्बन्धि तालीम स्वास्थ्य कर्मिले इन्द्रेणी सामाजिक बिकास मञ्चको सहयोगमा लिएकाले स्वास्थ्य सेवामा थप प्रभावकारी आएको पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धर्मजित पटेलले जनाकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ- हामीले विभिन्न साधन र स्रोतहरुको अभावमा पनि स्वास्थ्य सेवा प्रदान गरिरहेका थियौँ अहिले इन्द्रेणी सामाजिक बिकास मंचले स्वास्थ्य क्षेत्रमा प्रयोग हुने अक्सिजन सिलिन्डर, फ्रीज, इन्भटर, पन्खा,बेड सिटलगाएका अन्य स्वास्थ्य सामग्रीहरु दिएकाले सेवामा थप प्राभावकारिता आएको छ ।
साथै घरमा आधारित सुत्केरी जाँच, आकस्मिक प्रसूति प्रेषण सेवाले पनि मातृ शिशु स्वास्थ्य कार्यक्रममा थप टेवा पुगेको उहाँले जानकारी दिनुभयो। इन्देणी सामाजिक बिकास मञ्चको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविकाको मासिक बैठक प्रभावकारी गराउन खाजा सहयोग भइरहेको र स्वास्थ्य आमा समूहलाई सक्रिय बनाउन पनि प्रभावकारी भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।
उक्त कार्यक्रम बारे हरपुर स्वास्थ्य चौकी र पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रमा अनुगमन गरिएको इन्देणी सामाजिक बिकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुबेदीले जानकारी दिनुभयो । अनुगमनमा स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख कृष्ण प्रसाद पोख्रेल, गैससका जिल्ला अध्यक्ष बालिन्द्र बिक्रम शाही, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष प्रकाश न्यौपाने इन्देणीका उपाध्यक्ष कर्दम क्षेत्री, सपना श्रेष्ठ लगायतको सहभागिता रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस