२०८२ चैत्र ३०, सोमबार
24 खबर अपडेट

क्षत्री समाज नेपाल नवलपरासीको छैठौँ जिल्ला अधिवेशन, मनोज कुमार कार्की पुनः अध्यक्षमा चयन

२०८२ चैत्र ३०, सोमबार प्रकाशित ( घण्टा अघि) ५७ पाठक संख्या

मोहन पौडेल
परासी, ३० चैत । क्षत्री समाज नेपाल नवलपरासी जिल्ला कार्य समितिको अध्यक्षमा पुनः मनोज कुमार कार्की निर्वाचित हुनुभएको छ । समाजको सुनवल–५ वनकट्टीमा सम्पन्न १५औँ साधारण सभा तथा छैटौँ अधिवेशनले बर्दघाट लेवडा निवासी समाजसेवी कार्कीको नेतृत्वमा सर्वसम्मत ३७ सदस्यीय नया जिल्ला कार्यसमिति चयन गरेको हो ।

Manoj

 

कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खड्ग बस्नेतले समाजको एकता र संगठन सुदृढीकरणमा जोड दिँदै सामाजिक रूपान्तरणका लागि यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिब बहादुर थापाले संगठनलाई देशव्यापी रूपमा मजबुत बनाउँदै लैजान सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले क्षत्री समाज नवलपरासी जिल्ला समितिले देशभरीमै नमूना काम गरी उत्कृष्ट जिल्ला शाखाको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो ।
नवनिर्वाचित जिल्ला अध्यक्ष मनोज कुमार कार्कीले आगामी दिनमा संगठनलाई थप गतिशील बनाउँदै सामाजिक सेवा र समुदायको विकासमा महत्वपूर्ण योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवगठित जिल्ला समितिको वरिष्ठ उपाध्यक्षमा मोहन बहादुर कार्की, उपाध्यक्षमा रुद्र बहादुर भण्डारी, महिला उपाध्यक्षमा नेत्र कुमारी क्षत्री, सचिवमा क्याप्टेन यम बहादुर खत्री, कोषाध्यक्षमा क्याप्टेन टीका बहादुर थापा तथा सह–सचिवमा दिव्या कुवर चयन हुनुभएको छ।

C3

अधिवेशनमा केन्द्रीय तथा प्रदेशस्तरका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा समाजका केन्द्रिय उपाध्यक्ष लालबहादुर अधिकारी,श्याम बहादुर कार्की,महासचिव कृष्णबहादुर थापा, कोषाध्यक्ष शंकर केसी,सचिव शिवबहादुर थापा, सहकोषाध्यक्ष ज्ञानबहादुर कार्की, केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज कृष्णबहादुर खत्री,केन्द्रिय सदस्यहरु रम्भा कुँवर,क्याप्टेन मानबहादुर थापा, सल्लाहकार डिलबहादुर अधिकारी, लुम्बिनी प्रदेश सदस्य प्रतिभा कार्की, हेमराज पौडेल क्षत्री,हरिजंग रायमाझी, निर्वाचन संयोजक हरिबहादुर खत्री लगायतका वक्ताहरूले सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा समुदायको अधिकार सुनिश्चित गर्न क्षत्री समाजले अझ सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।
उक्त अवसरमा क्षत्री समाज नेपाल राममन्दिर संरक्षण समिति वनकट्टीको नवनिर्मित सभाहलको प्रदेशसभा सदस्य बस्नेतले उद्घाटन पनि गर्नुभएको थियो भने सोही अवसरमा राममन्दिर समितिको प्रथम अधिवेशनले बेदबहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै क्षत्री समाज नेपाल जिल्ला महिला संगठनको अधिवेशन पुनः बिमला आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको बताइएको छ ।

C4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस