२०८२ चैत्र २६, बिहिबार
24 खबर अपडेट

सिटिजन जुरी नवलपरासीको अध्यक्षमा पुनः ज्ञवाली

२०८२ चैत्र २६, बिहिबार प्रकाशित ( घण्टा अघि) १३४ पाठक संख्या

परासी, २६ चैत । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था (सिटिजन जुरी) नवलपरासीको अध्यक्षमा पुनः रामजी ज्ञवाली निर्वाचित हुनुभएको छ । संस्थाको विहीबार परासीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट ज्ञवाली पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ।
नवगठित समितिको उपाध्यक्षमा केदारनाथ पाण्डे(प्रतापपुर), सचिवमा मोहन पौडेल(रामग्राम), कोषाध्यक्षमा विष्णु खनाल(बर्दघाट), सहसचिवमा नारायण पराजुली(बर्दघाट) निर्वाचित हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यमा दीपक खनाल(सुनवल), शम्भु उपाध्याय(रामग्राम), उषा हरिजन(सरावल), रामकरण हरिजन(पाल्हीनन्दन) रहनुभएको निर्वाचन संयोजक एवं उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका अध्यक्ष भोजराज बराकोटीले जानकारी दिनुभयो । सल्लाहकारमा संस्थापक अध्यक्ष कैलाश ठाकुरसहित राजेश गुप्त र रमेश भुसाललाई मनोनयन गरिएको छ ।
कार्यक्रममा वक्ताहरूले सुशासन, पारदर्शिता र उत्तरदायित्व प्रवद्र्धनमा नागरिकको सक्रिय भूमिका अपरिहार्य रहेकोमा जोड दिएका थिए। जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव(रुदल)ले नवनिर्वाचित समितिले जिल्लास्थित सार्वजनिक निकायमा हुने अनियमितता, ढिलासुस्तीमा नागरिक निगरानी तथा खबरदारी अभियानलाई प्रभावकारी बनााउने विश्वास व्यक्त गर्नुभयो । सिटिजन जुरीको अभियानमा आफूहरु पनि समन्वय सहकार्य गर्न तयार रहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सिटिजन जुरीको भूमिका महत्वपूर्ण रहेको बताउँदै वर्तमान सरकार पनि सोही दिशामा अघि बढिरहेको बताउनुभयो । “यो जिल्लामा पनि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने कामलाई हामीले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “यदि जिल्लामा कुनै पनि सार्वजनिक निकायबाट अनियमितता वा सुशासन विरुद्धका कामहरु भइरहेको भए प्रशासनलाई पनि जानकारी दिनुहोला, हामी भ्रष्टाचार विरुद्धको शून्य सहनशिलताको नीतिका साथ कारवाही गर्नेछौँ ।”

C2

संस्थाका नवनिर्वाचित अध्यक्ष ज्ञवालीले आफ्नो दोस्रो कार्यकालमा भ्रष्टाचार नियन्त्रणका लागि नागरिक निगरानीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गराउन र अनियमितताविरुद्ध आवाज उठाउन सिटिजन जुरीको भूमिका सशक्त बनाइने उल्लेख गर्दै नयाँ कार्यसमितिले जिल्लामा सुशासन प्रवद्र्धन, सामाजिक जवाफदेहिता अभिवृद्धि तथा नागरिक सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष कैलाश ठाकुरले सिटिजन जुरीले जिल्लामा हुने अनियमितता उजागर गर्न र जनहितमा निगरानी भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उक्त अवसरमा नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त, रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी, संस्थाका निवर्तमान उपाध्यक्ष अधिवक्ता बाबुराम खड्का, निवर्तमान सचिव रमेश भुसाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस