२०८२ चैत्र २५, बुधबार
24 खबर अपडेट

विज्ञानसँगै स्वास्थ्यका लागि नवलपरासीमा सामुदायिक वृक्षारोपण अभियान

२०८२ चैत्र २५, बुधबार प्रकाशित ( घण्टा अघि) ७० पाठक संख्या

परासी, २५ चैत । “स्वास्थ्यका लागि सँगै, विज्ञानको साथमा” भन्ने मूल नाराका साथ मनाइएको विश्व स्वास्थ्य दिवस २०२६ को अवसरमा पश्चिम नवलपरासीका विभिन्न समुदायमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीद्धारा सञ्चालित स्थानीय नवप्रवर्तन कोष परियोजनाको अन्तर्गत सरावल गाउँपालिका–२ स्थित जावा र रामग्राम नगरपालिका–१२ का कसिया तथा कुनुवार समुदायमा वातावरणीय तथा स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो।

B2

कार्यक्रममा स्थानीय बासिन्दा, महिला समूह,महिला जलवायु स्वास्थ्य समूहका सदस्यहरू तथा समुदायका अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो। परियोजनामार्फत गठन गरिएका महिला समूहहरूले वृक्षारोपणसँगै बिरुवाको संरक्षण र वातावरण–स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
अभियानअन्तर्गत आँप, लिची, अम्बा जस्ता फलफूलका बिरुवा तथा गुलाफ र सूर्यमुखी जस्ता फूलका बिरुवा रोपिएका छन्। यी बिरुवाले आगामी दिनमा हरियाली विस्तार, स्वच्छ वातावरण निर्माण र पौष्टिक फलफूलको उपलब्धतामा टेवा पु¥याउने विश्वास लिइएको परियोजनाका संयोजक गोकर्ण श्रेष्ठले बताउनुभयो ।

B3

विज्ञानले पुष्टि गरेअनुसार हरियालीले वातावरणीय प्रदूषण घटाउने, तापक्रम सन्तुलन कायम गर्ने, मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने तथा स्वच्छ हावा उपलब्ध गराउने महत्वपूर्ण भूमिका खेल्दछ। यसै सन्दर्भमा उक्त कार्यक्रमलाई विज्ञानमा आधारित स्वास्थ्य प्रवद्र्धनको उदाहरणका रूपमा हेरिएको छ।
कार्यक्रममा सहभागीहरूले यस्ता अभियानले समुदायमा वातावरण संरक्षण र स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै आगामी दिनमा थप सरसफाइ, वृक्षारोपण तथा वातावरणमैत्री गतिविधि सञ्चालन गर्न प्रेरणा मिलेको बताएका थिए ।
सानो प्रयासले पनि समुदायको स्वास्थ्य र वातावरण संरक्षणमा ठूलो परिवर्तन ल्याउन सक्ने सन्देशसहित उक्त कार्यक्रमले “स्वास्थ्यका लागि सँगै, विज्ञानको साथमा” भन्ने नारालाई व्यवहारमा उतार्ने प्रयास गरेको परियोजना संयोजक श्रेष्ठ बताउनुहुन्छ ।

B4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस