२०८२ चैत्र २४, मंगलबार
24 खबर अपडेट

किसानले मल नपाएपछि कृषि सामग्री कम्पनी परासी शाखामा रास्वपा नवलपरासीको ध्यानाकर्षण

२०८२ चैत्र २४, मंगलबार प्रकाशित ( घण्टा अघि) १५१ पाठक संख्या

परासी, २४ चैत । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिम नवलपरासीले किसानले रासायनिक मल नपाएको विषयमा चासो व्यक्त गरेको छ ।
पार्टीका जिल्ला सभापति रबी पाण्डेको नेतृत्वमा कृषि सामग्री कम्पनी लिमिटेड, परासी शाखामा पुगेको टोलीले किसानहरूले लामो समयदेखि रासायनिक मल नपाएको विषय प्रमुख रूपमा उठाएको हो ।
सांसद नरेन्द्र गुप्ताको पहलमा यसअघि नै जिल्ला प्रशासन कार्यालयमा बैठक बसी मल वितरण गर्ने निर्णय भएपनि कृषि सामग्री कम्पनीले मल वितरण नगरेको गुनासो आएपछि रास्वपाको टोली उक्त कार्यालयमा पुगेको हो । रास्वपा सभापति पाण्डेले मल वितरण गर्ने निर्णय भइसके पनि किन कार्यान्वयन नभएको, किसानले मल कहिले पाउने र समस्या समाधानका लागि के पहल भइरहेको छ भन्ने विषयमा कार्यालय प्रमुख ताराप्रसाद खनालसँग स्पष्ट जवाफ माग्नुभएको थियो ।
उहाँले मल आपूर्ति, खरिद प्रक्रिया तथा वितरणमा कुनै समस्या वा अवरोध रहेको भए त्यसको समाधानको उपाय दिन र नेपाल सरकारसँग सहजीकरणका लागि पहल गर्ने समेत बताउनुभयो ।
कृषि सामग्री कम्पनी परासी शाखा प्रमुख खनालका अनुसार जिल्लाको गोदाममा मल मौज्दात भए पनि विभिन्न कारणले तत्काल वितरण रोकिएको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन, मध्यपूर्वमा जारी अशान्ति र त्यसबाट उत्पन्न इन्धन संकटका कारण गत मंसिरमा गरिएको ठेक्का प्रक्रिया असफल हुँदा आपूर्तिमा समस्या आएको उहाँले बताउनुभयो ।
“अहिलेका लागि वितरण नगर्न निर्देशन आएको छ, अब असारमा मात्रै मल वितरण हुन्छ,” उहाँले भन्नुभयो । आगामी दिनमा यस्तो समस्या नदोहोरोयोस् भन्नका लागि झन्झटिलो आपूर्ति प्रक्रिया सरल बनाउनुपर्ने र सरकार–सरकार (जि टु जी मोडेलबाट खरिद गर्न सकिने सुझाव पनि उहाँले दिनुभयो ।
उक्त अवसरमा रास्वपाका जिल्ला सचिव अमरनाथ पाठक, रामग्राम नगर सभापति सर्वजित तिवारी, युवा नेता राकेश गुप्ता लगायतको पनि सहभागिता थियो ।

Kkk

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस