२०८२ चैत्र २३, सोमबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका सातै पालिकामा रेडक्रसको तदर्थ समिति गठन(नामावलीसहित)

२०८२ चैत्र २३, सोमबार प्रकाशित ( घण्टा अघि) ११७ पाठक संख्या

मोहन पौडेल
परासी, २३ चैत । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले जिल्लाका सातै पालिकामा तदर्थ समिति गठन गरेको छ । नेपाल रेडक्रस सोसाइटीको नयाँ विधान अनुसार सातै स्थानीय तहमा रेडक्रसको पालिका स्तरीय तदर्थ समिति गठन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीको बैठकले रेडक्रसको नयाँ विधान बमोजिम जिल्लाका सातै पालिकामा संयोजक, सचिव, कोषाध्यक्ष र सदस्य गरी सात सदस्यीय समिति गठन गरि सोमबार सार्वजनिक गरेको हो । नवगठित तदर्थ समितिले आगामी वैशाख मसान्त भित्र अधिवेशन गरी निर्वाचित कार्यसमिति चयन गर्ने म्याण्डेट पाएका छन् । रेडक्रस केन्द्रिय समितिको निर्देशन अनुसार नवलपरासीमा रहेका रेडक्रसका १६ वटा उपशाखाका पदाधिकारी तथा सदस्यहरु मध्येबाट छनौट गरी तदर्थ समिति गठन गरिएको रेडक्रस जिल्ला शाखाले जनाएको छ ।
रेडक्रसका जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरीका अनुसार रामग्राम नगरपालिकामा सन्दिप अग्रहरीको संयोजकत्वमा नगर स्तरीय तदर्थ समिति गठन गरिएको छ । जसको सचिवमा बलिराम यादव, कोषाध्यक्षमा सुमिना लामिछाने चौधरी तथा सदस्यहरुमा सीता कुँवर, रमेश गिरी, अर्जुन यादव र सञ्जय कोइरी रहनुभएको छ ।
सुनवल नगरपालिकामा गोपालप्रसाद शर्माको संयोजकत्वमा माया चौधरी सचिव, शंकर नाउ कोषाध्यक्ष तथा सागर कुँवर,लक्ष्मी अर्याल, पदम सागर शर्मा र इन्द्र रेग्मी सदस्य रहेको तदर्थ समिति गठन गरिएको छ । बर्दघाट नगरपालिकामा नारायणप्रसाद अधिकारीको संयोजकत्वमा बालकृष्ण लम्साल सचिव, रामचन्द्र अधिकारी कोषाध्यक्ष तथा रत्ना सुवेदी अधिकारी, मुरलीकृष्ण खनाल, रुक्मिणि कुमारी चौधरी र राधा ढकाल सदस्य रहेको तदर्थ समिति गठन गरिएको छ ।
पाल्हीनन्दन गाउँपालिकामा गुड्डु गुप्ताको संयोजकत्वमा गठित रेडक्रसको पालिका स्तरीय समितिको सचिवमा प्रकाश यादव, कोषाध्यक्षमा शिवकुमार रौनियार तथा सदस्यमा जमिला खातुन, लालमति लोहार,श्रीकान्त मिश्रा र किसुननाथ बानिया रहनुभएको छ। सरावल गाउँपालिकामा भोलेनाथ कोइरी(सञ्जय मौर्य)को संयोजकत्वमा गठित तदर्थ समितिको सचिवमा दुर्विजय पटेल, कोषाध्यक्षमा राधा कुमारी पंजियार तथा सदस्यमा प्रदीप कुमार अग्रहरी, राजेन्द्र कुर्मी,अनुप कुर्मी र ल्याकत अलि रहनुभएको छ ।
यस्तै प्रतापपुर गाउँपालिकामा केदारनाथ पाण्डेयको संंयोजकत्वमा रेडक्रसको पालिका स्तरीय तदर्थ समिति घोषणा गरिएको छ । समितिको सचिवमा अखिल कुमार आचार्य,कोषाध्यक्षमा हिमा ढकाल तथा सदस्यहरुमा कैलाश ठाकुर,डिम्पल यादव,मनोज कुमार चौधरी र दानबहादुर चौधरी रहनुभएको छ भने सुस्ता गाउँपालिकामा दिनेश अहिर यादवको संयोजकत्वमा बृजभान कोइरी सचिव, अनुराधा यादव कोषाध्यक्ष तथा इश्वर लोहार,कल्लु मिया, सीमा कोँहार र नन्द कुमारी लोनिया सदस्य रहेको तदर्थ समिति गठन गरिएको छ ।
मानवता, निष्पक्षता र स्वयंसेवाको मूल मन्त्र बोकेको परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीका नवगठित पालिका स्तरीय समितिहरुले स्थानीय तहमा रेडक्रसका मानवीय सेवा, विपद् व्यवस्थापन,रक्त सञ्चार,स्वास्थ्य तथा सामाजिक सचेतना तथा सेवाका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने अपेक्षा गरिएको जिल्ला सभापति अग्रहरीले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस